३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण निको भइसकेका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ।

कोरोना प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना निको भइसकेका व्यक्तिहरुलाई खोप लगाउन आग्रह गरेका हुन्। कोरोना निको भएपछि शरीरमा बन्ने एन्टीबडी कति समयसम्म रहन्छ भन्ने यकिन नभएकोले खोप लगाउन आवश्यक भएको उनले बताए। उनले भने,‘निको भइसकेका व्यक्तिमा पनि पुनः संक्रमणको जोखिम रहन्छ। त्यसैले कोरोना भाइरस संक्रमण भई निको भइसकेकाहरुले पनि खोप लगाउनुहोला।’कोरोना भाइरस संक्रमण निको भएको ४ देखि ८ हप्तापछि खोप लगाउन मिल्ने प्रवक्ता गौतमले जानकारी दिए। सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार पहिलो प्राथमिकतामा परेका ८२ प्रतिशतले खोप लिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार केही स्वास्थ्यकर्मी संक्रमित भएको, गर्भवती र स्तनपान गराइरहेकाले खोप लगाएका छैनन्।

हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर खालको असर नदेखिएको मन्त्रालयले जनाएको छ। खोप सुरक्षित भएकाले सबैले आफ्नो पालो अनुसार खोप लगाउन डा गौतमले सबैलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]