०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

धनगढी- बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ। शनिवार शव परीक्षणको काम सम्पन्न भएको भए पनि आफन्तले शव बुझ्न नमानेकाले शव जिल्ला अस्पतालमै रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।

बलात्कारपछि हत्या भएको पुष्टि भएको भए पनि हत्यारा पत्ता नलागेकोले परिवारले शव बुझेका छैनन्। घटनाको सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए। घटना भएको ६ दिन बितिसक्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। उनले भने, ‘दोषीलाई यथाशीघ्र गिरफ्तार गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।’

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि माघ २२ गते बेलुका स्थानीय लबलेक जंगलमा अवस्थामा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।
यसअघि सोमवार सार्वजनिक शव परीक्षणको रिपोर्टमा पनि भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख गरिएको छ। घटनाको प्रकृति, भागरथीको शरीरमा रहेका निलडाम,घाउ, यौनांगबाट रगत बगेको, निर्वस्त्र, घाँटी निमोठेको आधारमा बलात्कारपछि हत्या भएको पुष्टि भएको हो।

प्रहरीले बलात्कारपछि हत्या गरिएको भनेपछि सामूहिक हो वा एकल हो भन्ने पुष्टि हुन सकेको छैन। गाउँ नजिकै सडककै ५० मिटर तल झाडीमा भागरथीको शव फेला परेकाले सामूहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।
भागरथीको भजाइनल स्वाबलगायत आवश्यक प्रमाण परीक्षणका लागि पठाइएकाले त्यसपछि मात्रै सामूहिक हो वा एकल बलात्कार हो भन्ने खुल्ने प्रहरीले जनाएको छ।
साथै प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइल पनि घटनास्थलमा भेट्टाएकोले त्यसबाट पनि अनुसन्धान गर्न सजिलो भएको छ। मोबाइलबाट केही विषयहरु डिलिट भएको हुनसक्ने भएकाले डिजिटल फरेन्सिक ल्याबमा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

महिला र मानवअधिकार आयोग घटनास्थलमा
राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगको टोली भागरथीको हत्या भएको घटनास्थल पुगेको छ । मंगलवार दुईवटै आयोगको टोलीले घटनास्थलको अवलोकन गर्दै पिडितका आफन्तहरूलाई भेटेको छ । राष्ट्रिय मानवअधिकार आयोगको सुदूरपश्चिम क्षेत्रीय प्रमुख मोहनदेवन जोशी, महिला आयोगको सदस्य कृष्णाकुमारी खतिवडालगायतको टोलीले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरूसँगसमेत छलफल गरेको छ ।

त्यस्तै, घटना भएको दोगडाकेदार गाउँपालिका जनप्रतिनिधिहरूसँग पनि दुवै आयोगको टोलीले छलफल गरेको छ । स्थानीय जनप्रतिनिधिले अनुसन्धानलाई छिटो निष्कर्षमा पु¥याउन सहयोग गर्नुपर्ने आयोग टोलीले अनुरोध गरेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । उनले प्रहरी अनुसन्धानमा सक्दो सहयोग गरिरहेकोसमेत जानकारी दिए ।

१५ जनालाई सोधपुछ गरेर छाडियो
घटनाको अनुसन्धानमा प्रहरीले आफ्नो सम्पूर्ण बल प्रयोग गरेको बताएको भए पनि अझै पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरी अझै भागरथीका नजिकका साथी, घटना भएको दिन उक्त बाटो भएर हिँडडुँल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने व्यक्ति, शंका लागेका व्यक्तिलाई सोधपुछका काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।

उनले भने, ‘हालसम्म १५ जना जतिलाई सोधपुछ गरी छाडेका छौं, केहीलाई कागज बनाएर छोड्यौं ।’अनुसन्धानका लागि आवश्यक सूचना संकलनका लागि स्थानीय बासिन्दाको सहयोग पर्ने भए पनि स्थानीयले खासै सहयोग नगर्ने गरेका प्रहरीको आरोप छ। घटना अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ।

स्थानीयको आन्दोलन निरन्तर जारी
घटना भएको दिनदेखि नै प्रदर्शन गर्दै आएका स्थानीय बासिन्दा अझै सशक्त रुपमा अगाडि बढ्ने बताउँदै आएका छन्। घटना भएको दुई दिनसम्म चक्काजाम गरेपछि संघर्ष समिति गठन गरी थप आन्दोलन गरिरहेका थिए।

माघ २५ देखि २७ सम्म शैक्षिक हड्ताल, २८ गते दोगडाकेदार गाउँपालिका घेराउ र २९ गते चक्काजामको घोषणा गरिएको संघर्ष समितिका सदस्य भोजराज जोशीले जानकारी दिए। घटना भएको हप्ता दिन हुन लाग्दासमेत हत्या पत्ता नलागेको भन्दै जिल्लाका अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]