१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

विराटनगर । गाउँबाट अवैध रुपमा ट्रकमा लोड गराएर ओसार-पसार गर्न ठिक्क पारिएका ६७ वटा गोरु बरामद गरिएको छ ।

मोरङको केराबारी गाउँपालिका ५, सतिसालेमा गोरु लोड गरेको ट्रक छ भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले ना.६ख ६१३२, ना.६ख ९७३४ र ना.५ख ७७५७ नम्बरको ट्रकमा ६७ वटा गोरु फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार अनुसन्धानका क्रममा ती गोरू सिन्धुपाल्चोक घर भएका ठेकेदार विश्व बस्नेत भएको बुझिएको छ । थापाले भने, “निजले केराबारी गाउँपालिका ८ बस्ने डोरबहादुर विकलगायत नौजनाको व्यवसाय गर्दाको रकमसमेत नदिएको खुल्न आएको छ ।” ट्रक, चालक र गोरु नियन्त्रणमा लिई इप्रका बेलबारीमा ल्याई अनुसन्धानपछि आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]