राजविराज – गाउँकै एक महिलालाई बलात्कार गरि फरार रहेका अभियुक्त डेढ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ कोचाबखारी बस्ने चन्दन भन्ने चन्द्रनारायण सदा सोमबार पक्राउ परेका हुन् ।
गाउँकै २३ वर्षिय महिलालाई २०७६ भदौं २५ गते राती घरमा कोही नभएको मौका छोपी बलात्कार गरि फरार रहेका सदा गोप्य सूचनाको आधारमा गाउँमै लुकी बसेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउपछि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका सदालाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।