११ आषाढ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

रौतहट – रौतहटमा सशस्त्र प्रहरीको वन गस्ती टोली र काठ तस्करबीच झडप भएको छ।

रौतहटको राष्ट्रिय वन क्षेत्रमा रहेको सालको रुख अवैध रूपमा ढालेर काठ तस्करी गरिरहेको अवस्थामा तस्कर समूहलाई फेला पारेपछि सशस्त्र प्रहरीको वन गस्ती टोली र तस्करबीच झडप भएको हो। डिभिजन वन कार्यालय चोचाबाट खटिएको सशस्त्र वन गस्ती टोलीले अवैध रूपमा सालका रूख ढालेर तस्करी गरिरहेको बेला रोक्न खोजेपछि झडप भएको हो।

टोलीले तस्करी रोक्नका लागि हवाई फायर गरेपछि तस्करहरू काठ र साइकल छाडेर भागेको डिभिजन वन कार्यालय चोचाका प्रमुख राजेश साहले जानकारी दिए। वन गस्ती टोलीले रौतहटको गुजरा नगरपालिकाका वडा नम्बर २ मैढाबाट ६ थान साइकलमा लोड गरिएको झण्डै ३७ क्युफिट ६ थान सालको गोलाई नियन्त्रणमा लिएको छ।

बरामद भएको काठ र साइकल डिभिजन वन कार्यालय चोचामा राखिएको र वन गस्तीमाथि आक्रमण गर्ने तस्कर समूहको खोजी भइरहेको प्रमुख साहले जानकारी दिए।यसैबीच रौतहटमा अवैध चिरान काठसहित दुई जना काठ तस्कर पक्राउ परेका छन्।

डिभिजन वन कार्यालय पौराईबाट खटिएको गस्ती टोलीले १५ क्युफिट चिरान काठसहित चन्द्रपुर नगरपालिका वडा ५ बस्ने ५० वर्षीय राम एकवाल राउत र सोही स्थान बस्ने राम विनय साहलाई पक्राउ गरेको हो।

सवडिभिजन वन कार्यालय पौराईअन्तर्गत जुडिवेलामा राम विनयको घरमा काठ चिरान गरिरहेको अवस्थामा वन गस्ती टोलीले राउत र साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।पक्राउ परेका व्यक्ति तथा काठलाई डिभिजन वन कार्यालय रौतहटमा राखी थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद कुमार सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]