सप्तरी – सप्तरीमा नेपालबाट गाई/गोरु तस्करी गरी भारततर्फ पठाउने दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कञ्चनपुर नगरपालिका–६ बलहाका २४ वर्षीय मो.फिरोज,१७ वर्षीय मो. अजमुदिन रहेका छन् ।
उनीहरुलाई बोदे बरसाइन नगरपालिका–५ जाँजरबाट नियन्त्रणमा लिइएको छ । दुवै जनालाई १० वटा गाई/गोरु भारततर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बोदे बरसाइनले बताइएको छ । भारतमा लगेर विक्री गर्ने उद्देश्यले गाई/गोरु लगिरहेको बताइएको छ ।