०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

सिन्धुली : सिन्धुलीमा पुरानो रेडियो लगायतका सुनका गरगहना लुट्ने तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डिएसपी श्याबहादुर खत्रीका अनुसार फिक्कल गाउँपालिका ४ खाङसाङ सिन्धुलीका रत्नबहादुर लुम्रेमगर, गोलञ्जोर गाउँपालिका ४ का रामबहादुर आलेमगर र हिमगङ्गा गाउँपालिका ४ रामेछापका श्याम तामाङलाई पक्राउ गरिएको हो।

उनीहरुलाई गोलञ्जोर गाउँपालिका ४ टाँडि बिमिरेकी यमकुमारी ठकुरीलाई घरमा एक्लै भएको अवस्थामा आइतबार दिउँसो आँखामा पट्टि बाँधेर पुरानो रेडियो सेट, सुनका गरगहना लगायतका सामान लुटपाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। ग्वाल्टार प्रहरी चौकीका हवल्दार गम्भीर लामा तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले अभियुक्त लुम्रेमगरलाई प्रदेश २–०२–००३ प ४४६४ नम्बरको बजाज मोटरसाइलमा भाग्दै गर्दा ग्वालटार–बितिजोर–तिनकन्या सडकबाट पक्रउ पक्राउ गरेको हो।आलेमगर र तामाङलाई गोलन्जोर गाउँपालिकाको तीनकन्याबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको खत्रीले बताए। ईलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ परेकाहरुमाथि अनुशन्धान गरेर जिल्ला प्रहरी कार्यालयको जिम्मामा बुझाउन अभियुक्तहरुलाई सोमबार जिल्ला पठाइएको प्रहरी निरीक्षक शान्ता वाइबाको भनाई छ। तीन जनाको समुहमा रहेका अभियुक्तहरुसँग ठुलै समूह जोडिएको अनुमान गरिएको गोलञ्जोर गाउँपालिकाका प्रवक्ता दौलत कार्कीले बताए। ‘लुटपाटका क्रममा घरमुली ठकुरीलाई आँखामा कालो पट्टी बाँधेको र बेहोस अवस्थामा भेटिएकोले विस्तृत विवरण अझै आउन सकेको छैन। तर, पनि लुटेरा समुहले सुनका गहना, पुरानो रेडियो लगायत सामग्री चोरी गरेर भागेका रहेछन्’, कार्कीले भने।

लुटेराहरुले ठकुरीको घरमा पुरानो रेडियो र राती बल्ने स्टोन छ भन्ने आशंकामा लुटेको स्थानीय बताउँछन्। उनीहरुले लुटेरा समुहबाट चार लाख रुपैयाँ पैसा लिएर ठकुरीको घरबाट रेडियो र स्टोन लुटेर ल्याउन जिम्मा लिएको पाइएको स्थानीय तथा नेकपाका नेता पुकार न्यौपानेले बताए। पुरानो रेडियोको सामानहरु करोडौं मुल्यमा बिक्री हुने हल्ला चलेपछि उनीहरुले उक्त रेडियो लुटेको हुन सक्ने अनुमान गरिएको छ। केही दिनयता सिन्धुलीमा करोडौं पैसामा किन्ने भन्दै पुरानो रेडियो खोज्दै थुप्रै टोली गाउँ पसेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]