२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २८, २०७७

सप्तरी । सर्वोच्च अदालतले लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेर कारोना संक्रमणका कारण अन्तर्वार्तामा सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै सूचना प्रविधि विज्ञ पदको काम-कारबाही यथास्थितिमा राख्‍न आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले राजपत्रांकित प्रथम श्रेणीको सूचना प्रविधि विज्ञ पदको काम-कारबाही यथास्थितिमा राख्‍न अन्तरिम आदेश जारी गरेको हो ।रमेशराज सुवेदीले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै दायर रिटमा यस्तो आदेश भएको हो ।

सुवेदी सूचना प्रविधि विज्ञमा आन्तरिक प्रतिस्पर्धाबाट भएको प्रतिस्पर्धामा उत्तीर्ण भएको र अन्तर्वार्ताका लागि समेत छनोट भएका थिए । अन्तर्वार्ताका लागि असार ३१ का लागि तय भएको मिति सारिएको र साउन २९ गते उक्त परीक्षाको लिखित नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया रद्द गरिएको थियो ।

तर, सुवेदी कोरोनाबाट संक्रमित भएपछि असोज २९ को सूचनाअनुसार परीक्षा सञ्चालन भएमा सुविधा सन्तुलनको दृष्टिकोणबाट उनलाई अपूरणीय क्षति हुन जाने भन्दै मुद्दा नटुंगिएसम्म सूचना प्रविधि विज्ञको परीक्षा नगर्न आदेशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]