०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो ।

हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको खुलेको छ। एसपी नविनचन्द्र झाले बिबिसी हिन्दीसँग भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ त्यसबाट स्पष्ट हुन्छ कि प्रहरी अधिकारी संजिव कुमार रन्जनको लापर्वाही र कर्तव्यहीनता यो घटनामा छ । उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका लागि उनीविरुद्ध एफआईआर दर्ता हुनेछ।’२१ जनवरीमा भएको यो घटनाको उजुरी फेब्रुअरी २ मा दर्ता भएको छ । जम्मा ११ जनाका विरुद्ध उजुरी दर्ता भएको छ। जसमध्ये चारजना अभियुक्त विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ। अन्य सातजना जसमा घरधनी सियारामसाह पनि संलग्न छन् उनीहरुलाई जबरजस्ती शव जलाएर प्रमाण नष्ट गरेको आरोप लगाइएको छ।यो घटनाको एफआईआर दर्ता भएलगत्तै फेब्रुअरी ५ मा एक अडियो भाइरल भएको छ जसमा २१ जनवरीमा कुन्डवा चैनपुरका चाैकी प्रमुख संजिव कुमार रन्जनले एक अभियुक्त रमेश साहसँग कुरा गरेका छन्। उक्त कुराकानीमा रन्जन अभियुत्त रमेशसँग भन्छन्, ‘शवको व्यवस्था गर र केटी चिसोले मरेको कागज बनाउ ।’

एसपी नवीनचन्द्र झाका अनुसार यो घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन्। अन्यको खोजी भइरहेको छ।बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गात्रबहादुर बिकले घटना भएको थाहापाएलगत्तै आफूहरुले पीडित परिवारको न्यायका लागि पहल गरिरहेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]