स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । फेटा गाउँपालिका अन्तर्गत पर्ने नेपाल–भारत सीमा नाका बाट नेपालतर्फ आइरहेका २ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट ४९ लाख रुपैयाँ नगद बरामद भएको छ ।
पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय अरबिन्द महतो र अर्का १ जना युवक छन् । भारतीय नम्बर प्लेट बीआर ०५ वाई ६४१७ को मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा झोलामा ठूलो मात्रामा पैसा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।