०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । दोगडाकेदारको खोचलेक बजारमा स्थानीय र सनातन धर्म माविका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

किशोरीको बलात्कारपछि हत्या गरिएकाले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको अनेरास्ववियुका नेता भुवन कार्कीले जानकारी दिए । उनीहरूले खोचलेक बजारमा प्रदर्शन गर्दै भागरथीको हत्या गरिएकाले हत्यामा संलग्न जो सुकै भए पनि कारबाहीको दायरमा ल्याउन माग गरेका छन् ।मृतक भागरथीका तस्बिर अंकित प्लेकार्ड बोकेर विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । ‘भागरथीलाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ लगायतका नारा लगाएर विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।बुधबार विद्यालय गएकी भागरथी बिहीबार साँझ मृत अवस्थामा फेला गरेकी हुन् । भागरथीको बलात्कारपछि हत्या गरिएको परिवारजनले आशंका गरेका छन् । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनको हत्यामा संलग्न जो सुकै भए पनि कारबाहीका लागि विभिन्न पार्टीले माग गरेका छन् ।

किशोरीको मोबाइल विश्लेषण गर्दै प्रहरी :
घटनास्थललाई नियन्त्रणमा लिएर ‘सिल’ गरेको प्रहरीले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले घटनाको गाम्भीर्यलाई ध्यानमा राखेर सोहीअनुसार अनुसन्धान भइरहेको बताए । सिंहकाअनुसार जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशी र सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता भानदेव जोशी पनि घटनास्थल पुगेका छन् ।शवको परीक्षण, बलात्कारपछि हत्या भएको आशंकामा परीक्षणका लागि आवश्यक पर्ने भेजाइनल स्वाब लगायतका अन्य आवश्यक नमुना संकलन गर्न प्रहरीले डाक्टरलाई घटना स्थलमै बोलाइएको जनाएको छ ।

यस्तै, सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता जोशी पनि घटनाको वास्तविक वस्तुस्थिति बुझ्न घटनास्थल पुगेका थिए ।घटनास्थलमै रहेका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले किशोरीको शव भेटिएकै स्थानमा उनले प्रयोग गर्ने मोबाइल समेत फेला परेको बताए । उनले मोबाइलको समेत सुक्ष्म तरिकाले अनुसन्धान भइरहेकाले त्यसबाट समेत केही कुरा खुल्ने विश्वास व्यक्त गरे । उनले किशोरीको बलात्कारपछि हत्या गरिएको आशंका भए पनि शव परीक्षण र थप अनुसन्धानपछि मात्र बाँकी कुरा खुल्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]