१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

विराटनगर । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलसमेतका हतियारमा प्रयोग हुने १ सय ८५ वटा गोली मोरङको उर्लाबारीमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारका दलबहादुर लिम्बूको घरमुनि पुरिएको अवस्थामा बुधबार दिउँसो ७.६२ एमएमको गोली भेटिएको हो ।

लिम्बूको घर भत्काउने क्रममा कामदार ५३ वर्षीय भक्तबहादुर सुवेदीले प्लास्टिकमा हालेर पुरेको गोली भेटेका हुन् । कालो प्यास्टिकको पोके भेटेपछि खोलेर हेर्दा गोली भेटिएपछि प्रहरीमा खबर पुगेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले गोली नियन्त्रणमा लिएको छ । खिया लागेको अवस्थामा भेटिएकाले गोली सशस्त्र द्वन्द्वकालमा लुकाएको प्रहरीको अनुमान छ ।

जमिनभित्र लुकाएर राखिएको गोली बरामद गरेर घटनाको अनुसन्धान शुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो । लिम्बूको घरमा उनका भान्जा चन्द्रबहादुर लिम्बू बस्थे । उनी भने परिवारसहित उर्लाबारी बजारमा बस्छन् । चन्द्रबहादुरको १० वर्षअघि नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार बरामद भएका गोली पड्किने अवस्थाका भने छैनन् । लामो समयदेखि जमिनमुनि गाडेर राखिएका कारण ‘ड्यामेज’ भएर गोली काम नै नलाग्ने अवस्थामा पुगेको देखिएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]