०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २२, २०७७

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल बन्द गरेर जनतालाई दुख दिएको हेर्न आफुहरु गाडी र बाइकमा हिडेको व्यंग्य गरेका छन् ।

किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई अरुका गाडी जलाएर आफु गाडीमा सयर गर्दै तमासा हेरेको टिप्पणी गरे ।आज प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको आमहड्तालमा सहभागी हुन प्रचण्ड गाडी लिएर गएपछि उनको आलोचना भइरहेको छ ।

त्यस्तै आमहड्तालको निरिक्षण गर्न भन्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल भने स्कुटर लिएर निस्किएका थिए ।नेपालमाथि व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले आफैले बन्द गरेको गाडी चढ्न अलि भएन भन्दै जनताको दुख हेर्न बाइक लिएर रमिता हेरेको टिप्पणी गरे ।

उनले भने, ‘अर्को गाडी चढ्न अलि भएन, आफैले बन्द गरेको भनेर, बाइक लिएर जनताले कति दुख पाए भनेर रमिता हेर्दै हिड्नुभयो ।’ओलीले प्रचण्ड-नेपालको पक्षमा जनता नभएर अब केहि नेता मात्र बाँकी रहेकाले आफै सडकमा नारा लगाउन उत्रिएको समेत बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]