१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

काठमाडौं। काठमाडौं महानगरपालिका गौरिघाटको विभिन्‍न स्थानबाट तीन केजी लागुऔषध र नगद २० हजार दुई सय ५० रुपैयाँसहित ४० वर्षीय अम्मर बर्देवालगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको कारोबार भइरहेको भन्‍ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उक्त लागुऔषध र नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापाको दमक नगरपालिका-९ बुद्धटोलबाट दुई ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, एक थान डिजिटल तराजु र सात हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २० वर्षीय अजय राई र २५ वर्षीय बिकल बिशुङखे रहेका छन् ।इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

कञ्‍चनपुरको बेलौरी नगरपालिका-७ टेडियाबाट १८ ग्राम नौ सय ३० मिलीग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४५ वर्षीय प्रभुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो। बर्दियाको मधुबन नगरपालिका-६ लठुवाघाटबाट ७ सय ३० मिलीग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट ११ किलो अवैध लागुऔषध गाँजा, ६७ हजार रुपैयाँ र दुई हजार पाँच सय भारतीय रुपैयाँसहित पर्सा सखुवा पर्सौनी गाउँपालिका-२ बस्‍ने ४१ वर्षीय राजेन्द्रबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.२ ह ४१०९ नम्बरको अटोलाई जाँच गर्दा अटोमा सवार उनलाई उक्त लागुऔषध र नगदसहित पक्राउ गरेको हो।

सुनसरीको ईनरुवा नगरपालिका-२ बलाहा नहरबाट दुई सय ५० केजी लागुऔषध गाँजासहित भोजपुर हतुवागडी गाउँपालिका-९ बस्‍ने २७ वर्षीय अर्जुन खड्कासमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को. १ च ९८५२ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी चालक खड्का समेत दुई जनालाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]