
सप्तरी – सप्तरीबाट ४१ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको हो।
सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उनले उक्त विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए।