०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – नेपालमा कोभिड–१९ संक्रमण पुष्टि भएको ठिक १ वर्षपछि यस विरुद्धको खोप सुरु भएको छ ।‘राष्ट्रिय समृद्धि र सुरक्षा, कोभिड–९ खोपले गर्छ सुरक्षा’ अभियानमा पहिलो पटक विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको १० लाख डोज कोभिसिल्ड खोप लगाउने अभियानको शुभारम्भ भएको छ । देशव्यापी खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र तोकिएको उमेर समूहका सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने बताए ।

प्रधानमन्त्री ओलीले बुधबार देशभरका १२० स्थानबाट एकै पटक खोप अभियान शुरु गरेर १८ गतेबाट ७७ जिल्लाका ३०० स्थानबाट खोप कार्यक्रम सञ्चालन हुने बताए । खोप शुभारम्भ अभियानमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिडले मानव सम्भतालाई चुनौती दिएका जनाउँदै यसविरुद्ध अग्रस्थानमा रहेर काम गरिरहेका व्यक्तिमा आभार व्यक्त गरेकी थिइन् ।खोप अभियान अन्तर्गत देशभरका ३०० खोप केन्द्रहरू मार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकहरूलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले हालसम्म कोभिड १९ विरुद्धको खोप ५४ राष्ट्रले लगाउने काम सुरु गरेको बताउँदै सार्क राष्ट्रमा नेपाल खोप अभियान सुरु गर्ने दोस्रो राष्ट्र भएको बताए । “हाल नेपालमा लगाइने कोभिसिल्ड नामक खोपको साइड इफेक्ट अन्य खोपको भन्दा कम भएको वैज्ञानिक तथ्य रहेको छ,” मन्त्री त्रिपाठीले भने, “त्यसैले सबैले पूर्ण सुरक्षित महशुस गरी खोप लगाउन अनुरोध गर्दछु ।”

माघ १८ भित्र ७७ जिल्लाका ३०० खोप केन्द्र मार्पत खोप सेवा संचालन गरिने छ । बुधबार दिउँसोसम्म ९ हजारले लगाएको मन्त्रालयले जनाएको छ । आउँदा दिनहरुमा खोपको उपलब्धताका आधारमा प्राथमिकतामा परेका मानिसलाई खोप उपलबध गराइने सरकारी योजना रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]