सप्तरी – सशस्त्र प्रहरीको टोलीले काठमाडौंको लैनचौरबाट एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुशी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाई छन्।चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद कटुवा पेस्तोल, सोको गोली र मोबाइलसहित नेपाल प्रहरीलाई बुझाएको जनाएको छ।