१८ फाल्गुण २०७७, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – स्काभेटर र लोडर चालकको अनुमतीपत्र (लाइसेन्‍स) वितरण गर्ने क्रममा घुस लिने कर्मचारीलाई अख्‍तियार दुरुपयोग अनुसन्‍धान आयोगले नियन्‍त्रणमा लिएको छ । जनकपुरधाममा चलिरहेको ‘स्काभेटर र लोडर’ को सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण गर्ने क्रममा सञ्‍चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाएकोमा यातायात कार्यालय सहयोगी भोगेन्‍द्र कापर र बिचौलिया राज किशोर भगतलाई नियन्‍त्रणमा लिएको हो ।

अख्‍तयारले सूचना प्राप्त गरेपछि बर्दिवासबाट टोली खटाएको थियो । कार्यालय सहयोगी कापरको कोठामा खानतलासी गर्दा दुई लाख २३ हजार ८ सय ५० बरामद गरेको छ । परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जनकपुर वडा नं. १० बस्ने बिचौलिया भगतको साथमा परीक्षार्थीहरुको नाम र दर्ता नम्बर भएको कागजात सहित ५० हजार रुपैयाँ बरामद भएको थियो ।

उनीहरूविरुद्ध दुई लाख ७३ हजार ८ सय ५० रुपैयाँ रकमसहित जनकपुरधामको यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]