नेपाल वेलफेयर एण्ड एजुकेशनल सोसाइटी छात्र/ छात्राहरु लाई ९ थान साइकल बितरण गरेका छन
सामाजिक सेवा दिवसको अवसरमा प्रतेक बर्ष केहि न केहि बितरण गर्दै आइरहेका उक्त संस्थाले यस बर्ष कोरोन महामारीका कारण समय अनुकुल मिलाएर बितरण गरेका हुन् ।
४१ औँ सामाजिक सेवा दिवसको अवसरमा यस बर्ष भन्ने छात्र /छात्रा हरु लाई ९ थान साइकल खडक नगरपालिकाका मेयर हुमायु हक ,उप मेयर यास्मिन सुल्तान ,वडा अध्यक्ष इजारुल मियाँ, सप्तरी युथ नेपालका सदस्य अनवर अलिको उपस्थितिमा ९ थान साइकल छात्र /छात्राहरुका लागि बितरण गरिएको हो ।
सिराहामा पनि हुइल चेयर वितरण
उक्त अवसर पारेरै नेपाल नेपाल वेलफेयर एण्ड एजुकेशनल सोसाइटीले सिराहा सखुवा नन्कारकट्टीमा पनि असहायहरु लाई समेत हुइल चेयर वितरण गरेका छन ।
सिराहा सखुवा नन्कारकट्टीमा गाउँपालिकाका प्रमुख केदारनाथ यादव समेत रहेको उक्त कार्यक्रममा २१ थान हुइल चेयर वितरण गरेका छन ।