१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – लागू औषध गाँजा बिक्री वितरण गर्ने तीनजना सिरहाबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नं. ८ का ३३ वर्षीय संजिब मण्डल, ३३ वर्षीय शम्भु यादव र सिरहाको मिर्चैया नगरपालिका वडा नं. ८ का १८ वर्षीय दिपेन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

तीनै जनालाई सोमबार दिउँसो सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ स्थित रण बहादुर श्रेष्ठको घर भित्र रहेको ट्वाईलेटमा लागु औषध (गाँजा) लुकाई छिपाई राखि बिक्री बितरण गरी रहेको बिशेष सुराकिको अधारमा पक्राउ गरिएको प्रवक्ता शर्माले जानकारी दिए।ईलाका प्रहरी कार्यालय मिर्चैया र सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटेको सशस्त्र प्रहरीको टोलीले रण बहादुर श्रेष्ठको घर खानतलासी गर्दा पलाष्टिकको बोरामा बाधि राखिएको केजी गाँजा बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ।

रण बहादुर श्रेष्ठ हाल फरार रहेको र उनको खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]