२४ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – जिल्लाका १ सय ८ जना बालबालिकालाई गम्भीर किसिमको कुपोषण रोग देखा परेको छ ।जिल्ला स्वास्थ्य सेवा कार्यालयको चालु आर्थिक वर्ष अन्तर्गत ६ महिनाको तथ्यांक अनुसार गत साउनदेखि पुस महिनासम्म जन्मेको ६ महिना माथिका र ५ वर्ष मुनिका ६६ जना बालिका र ४२ जना बालकलाई गम्भीर कुपोषण रोग देखिएको उल्लेख गरिएको छ ।

तीमध्ये दलित ७५ जना, जनजाति १ जना क्षेत्री ठकुरी वर्गका ३२ जना बालबालिकामा कुपोषण रोग देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कुपोषण विज्ञ तथा अस्पताल डाइटिसियन पर्सन लोकबहादुर विकले बताए ।मुगुमा ९.२ प्रतिशत बालबालिकामा गम्भीर कुपोषण र ४४ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण देखिएको उनको भनाइ छ । गत साउनदेखि पुससम्म सबैभन्दा बढी साउनमा ४६ जना र मंसिरमा १९ जना बालबालिकामा गम्भीर कुपोषण देखिएको छ ।जसमध्ये ७३ जना बालबालिका उपचार गरी निको भएको र बाँकी ३५ जना बालबालिकाको उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।जिल्लाका चारवटा स्थानीय तहमध्ये सबैभन्दा बढी छायाँनाथ रारा नगरपालिकाका र सोरु गाउँपालिका बस्तीस्तरका बालबालिकामा बढी कुपोषण देखापरेको छ । मुगुमकार्मारोङ गाउँपालिकामा एक बालकमा मात्र कुपोषण रोग देखिएको छ ।गरिबी, पोषणयुक्त खानपिनको अभाव र सरसफाइको अभावमा दलित बालिकामा बढी कुपोषण रोग देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पर्शुराम नेपालीको भनाइ छ । स्थानीय उत्पादनभन्दा आयतित खाद्यवस्तु बढी उपभोग गर्ने बानीले बालबालिका कुपोषित हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।

कुपोषित बालबालिका निको हुन कम्तीमा २ महिना समय लाग्ने उनको भनाइ छ । कुपोषित बालबालिकालाई निको हुँदासम्म खुवाउन सर्वोत्तम पिठो दिने गरिएको छ । सर्वोत्तम पिठो सप्रोस नेपाल संस्थाले वितरण गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]