२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ। तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने २ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार खोप लगाएपछि कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो। कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको र उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा जारी खोप अभियानमा तीन दिनमा ३ लाख ८१ हजारभन्दा बढीलाई खोप लगाइएको छ। खोप लगाइएकामध्ये शून्य दशमलब २ प्रतिशतमा प्रतिकुल असर देखिएको हो। भारतले दैनिक ३ लाख मानिसमा खोप लगाउने तयारी गरे पनि तीन दिनमा जम्मा ३ लाख ८१ हजारलाई खोप दिन सकेको हो। पहिलो दिन तोकिएकोमध्ये ६४ प्रतिशतलाई खोप प्रदान गरिएको छ । अधिकारीहरुका अनुसार कयौँ राज्यमा खोपका लागि तोकिएका व्यक्तिहरु खोप केन्द्रमा पुगेका छैनन्। खोपका विषयमा भएका विभिन्न नकारात्मक प्रचार, जनचेतनाको अभाव लगायतका कारणले मानिसहरु खोप केन्द्रमा नपुगेको ठानिएको छ। पहिलो चरणमा त्यहाँ सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]