सप्तरी – एनआईसी एसिया बैंकको एटीएम फोडेर चोरी गर्न खोज्ने एकजना काठमाडौंबाट पक्राउ परेका छन् ।नागार्जुन नगरपालिका–२, ठूलोभर्याङस्थित एनआईसी एसिया बैंकको एटीएम फोडी चोरी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६, माछापोखरी बस्ने बैतडीको महादेवस्थान गाउँपालिका–५ का २८ वर्षीय कमलबहादुर धानुक छन् ।उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।