१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – प्रहरीले विभिन्न बाहनमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले झपा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ महानन्द चोक बस्ने २० वर्षीय अनुप ढकाल र सारांश भट्टराईलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ढकालले पोखरा महानगरपालिका २० मलामका विमल कार्कीलाई विराटनगरमा भब्य फेसन सो भएकाले फोटो खिच्न आवश्यक सामाग्री सहित बोलाएका थिए। उनले पुस २४ गते पेश्की रकम भन्दै ४ हजार रुपैयाँ समेत पठाएका थिए।

फेसन सो मा फोटो खिच्न कार्की पुष २५ गते मोरङको बुढीगंगा गाउँपालिका पुगे। उनका लागि आरएन होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो। होटेलको कोठा नम्बर ११४ मा उनले आफ्नो सबै सामान राखे। तर खाना खान भने अर्को होटेलमा व्यवस्था मिलाएको भन्दै कार्कीलाई सुनसरीको इटहरीमा पुर्‍याइयो।

उनीहरु खाना खाइरहेको समयमा अनुप भने त्यहाँबाट निस्किए आर एन होटेलमा आएर सामान चोरी गरेर फरार भएको अनुसन्धानमा खुलेको थियो। प्रहरीले चोरी भएको सामान समेत बरामद गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]