२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – ओखलढुंगामा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारीता बढेको छ । आम नागरिकलाई स्वास्थ्यको क्षेत्रमा सहज पहुँच पुर्याउन लागु गरिएको बिमा कार्यक्रमले ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सहज भएको छ ।

नागरिकको पहुँचभन्दा बाहिर रहेको बिमा कार्यक्रमले अहिले ग्रामिण क्षेत्रका नागरिकलाई समेट्न थालेपछि यसको प्रभावकारीता बढेको पाइएको हो ।गत बर्षबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमले ओखलढुंगाका नागरिकलाई स्वास्थ्य उपचारमा थप सहज बनाएको छ । रकम अभावमा लामो समयसम्म अस्पताल जान नपाएका नागरिकलाई यसले ठुलो सहयोग पुर्याएको छ । दैनिक औषधी सेवन गर्नुपर्ने र नियमित अस्पताल जानुपर्ने बिरामीका लागि बिमा कार्यक्रम प्रभावकारी बनेको सिद्धिचरण नगरपालिका ११ का स्थानीय कल्पना श्रेष्ठको बुझाइ छ ।ग्रामिण तहका नागरिकलाई बिमा कार्यक्रमले जोडेपछि रोगसँग लडेका तथा दैनिक औषधि उपचार गर्नुपर्ने बिरामीका लागि सहयोग पुगेको छ । जिल्ला सदरमुकाममा रहेको सामुदायीक अस्पतालमा समेत उपचारका लागि आउने बिरामीमध्ये करिब ४० प्रतिशत बिरामी स्वास्थ्य बिमाको कार्ड सहित आउने गरेको ओखलढुंगा सामुदायिक अस्पतालका ओपिडी क्यासीयर नवराज गिरीले बताए ।जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको करिब दुई वर्षमा १८ हजार १ सय ७४ जना नागरिक बिमाको पहुँचमा पुगेका छन् । बिमाका लागि सामान्यतः १ आर्थिक वर्षमा ३ हजार ५ सय रुपैयाँ तिर्नपर्छ । यो रकमले ५ जना परिवारसम्मको बिमा गर्न सकिन्छ । त्यसभन्दा बढी सदस्य भए प्रतिपरिवार थप शुल्क तिर्नुपर्ने स्वास्थ्य बिमा बोर्ड ओखलढुंगाका कार्यलय प्रमुख सुदिप कार्कील बताए ।बिमा बोर्डले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, पूर्ण अपांगता भएका व्यक्ति तथा एड्स र क्षयरोगका बिरामीको निःशुल्क बिमा गरिदिने गरेको छ । बोर्डले बिमा कार्यक्रमलाई ग्रामिण तहसम्म पुर्याउन वडा तहमा बिमाकर्ता परिचालन नै गरेर नागरिकको बिमा गरिदिने गरेको छ । तर उनीहरुले बिमाको प्रभावकारीताका बिषयमा आम नगरिकलाई बुझाउन नसकेको मोलुङ गाउँपालिका ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारको गुनासो छ ।

बिमा गरेपछि प्रारम्भिक सेवा केन्द्र तोकिएका अस्पतालबाट सेवा लिँदा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क पाउने गरेका छन् । यस सेवाका लागी जिल्ला अस्पताल रुम्जाटार, सामुदायिक अस्पताल मिसन ओखलढुंगा र प्राथमिक स्वास्थ्य केन्द्र रानीवनबाट मात्र सेवा लिन सकिने बिमा वोर्ड शाखा कार्यलय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]