११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरेको छ।
कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्। उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरेको छ।उक्त जङ्गलमा लागूऔषध ओसारपसार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले खैरो हेरोइनसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। यस्तै, सप्तरीको राजबिराज नगरपालिका–१ चनौरापुलबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिरुहुत गाउँपालिका–४ धपाटोल बस्ने २८ वर्षीय पृथ्वीराज यादव छन्।

प्रहरीले उनको साथबाट २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा, नियन्त्रित लागूऔषध ९४ पीस स्पामोपरिभ क्याप्सुल, १५ पिस नाइट्रोभेट र १ बोतल डाइलेक्स डिसी बरामद गरेको छ।२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थाई प्रहरी पोष्ट राजदेवीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]