१२ माघ २०७७, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०१, २०७७

भक्तपुरको सूर्यविनायकमा रहेको गणेश बाल विकास स्कुलका सुरक्षा गार्ड मृत फेला परेका छन् ।

सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–५ घर भई सूर्यविनायक महत गाउँ बस्ने ४५ वर्षीय साइँला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ मृत फेला परेका हुन् । स्कुल नजिकैको खोल्सामा बिहीबार बिहान पौने ८ बजे उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त, जगातीबाट खटिएको प्रहरीको टोलीले उनको शव खोल्सामा घोप्टो परेको अवस्थामा फेला पारेको थियो । उनी दिउँसो ज्याला मजदुरीको काम गर्ने र राति गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले मापसे गरेको थाहा भएको र आफैँ लडेर मृत्यु भएको देखिएको छ ।
उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]