
राजबिराज सप्तरी – ईस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान पर्वको अवसर पारेर चलाएको महा अभियान अन्तरगत सप्तरी जिल्लाका अति विपन्न गरिब ,विधवा असहायहरुको नाम संकलन गरि सप्तरी जिल्ला भरिमा अहिले सम्म ५० घरधुरीलाई राहत वितरण गरेको छ ।
नेपाल मुस्लिम समाज सेवा द्वारा चलाएको रमजान दान अभियान सप्तरी जील्ला अन्तर्गत पहिलो चरणको राहत वितरण कार्यक्रम सप्तरीको सदरमुकाम राजबिराजको इक्रा मदरसा रहमतपुरमा गरेका थिए भने दोस्रो चरणको राहत वितरण कार्यक्रम बोदे बर्साईनको वडा न २ को रहमतनगर गौरा मदरसामा राहत वितरण गरेका छ्न यस राहत वितरणमा शम्भुनाथ ,खडक ,बोदे बर्साईन र डाक्नेश्वरी नगरपालिका लगायतको अति विपन्न व्यती लाई राहत वितरण गरेको छ ।
यो राहत कार्यक्रमको लागि देश बिदेशमा बस्ने युवाहरू द्वारा केही रकम सहयोग गरेका थिए यस संस्थालाई उत्त पैसा बाट राहत सामग्री खरिद गरिएको थियो ।
यो राहत सामग्री प्रत्येक घरधुरीलाई चामल १५ के जि , पिठो २ के जि , खाने तेल २ लिटर , नुन २ के जि ,चना २ के जि, मसुर दाल २ के जि ,म्सयौरा १ के जि र भुजा ३ के जि ५० घर धुरिलाई राहत वितरण गरेका छन । पुन्न अर्को चरणको राहत पनि यहि शनिबार छिटै वितरण गर्ने यस संस्थाका कोषाअध्यक्ष मो नौसादले जानकारी गराए ।
यो कार्यक्रम सफ़ल पार्न सहयोग गर्नु हुने र पुनः सहयोग गर्ने आशा संगै धन्यवाद ज्ञापन यस संस्थाका अध्यक्ष मो अबुलले व्यत गरेका थिए ।
यो कार्यक्रममा यस संस्थाका सदस्यहरु मो अबुल , मो अफरोज, मो नौसाद ,मो लुकमान ,मो जकाउल्लाह , मो तबरेज ,मो फिरोज , मो मुन्ना लगायत विभिन्न समाजसेविहरुको उपस्थिति रहेको थियो ।