
सप्तरी – रुपनी–राजविराज सडकखण्ड अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका २ पाैँवा पिप्राही चौकमा आइतबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा शम्भूनाथ नगरपालिका ३ का २५ वर्षीय बिकी चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते बा८५ प ६१९६ नम्बरको मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको के टि एम डुक मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८२६७ नम्बरको डिसकाेभर मोटरसाइकल हिजो बेलुकी ७ बजे आपसमा ठोकिएको स्थानीयले बताएका छन् ।
स२प ८२६७ नम्बरको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।