२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०३, २०७९

सुनसरीको कोसी गाउँपालिका–२ बाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार इटहरी उपमहानगरपालिका–३ का १९ वर्षीय रोहित राईलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राईलाई पेस्तोल, गोलीको खोका तथा लागुऔषध डाइजापाम र नाइट्रोसन १०/१० एम्पुल एवम् लुपिजेसिक तीन एम्पुल र ट्रामाडोल ३,३७५ पिससहित पक्राउ गरेको थापाले बताए ।

पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले बिहीबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ । राईले भारतबाट हतियार र लागुऔषध लिएर आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]