२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ११, २०७९

बर्दिया — स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाहीमा परेका एमाले नेता, कार्यकर्ताले बुधबार पार्टी कार्यालय, गुलरियामा ताला लगाएका छन् । पार्टी कार्यालयमा नेतृत्व पक्षले ताला लगाएको भन्दै कारबाहीमा परेकाले मूलगेटमा दुई वटा ताला लगाएका छन् ।

स्थानीय निर्वाचनमा प्रमुखलगायत पदको उम्मेदवारविरुद्ध भ्रम सिर्जना गराई मतदातालाई पार्टी निर्णयविपरीत विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ जनालाई कारबाही गरिएको थियो । केहीलाई स्पष्टीकरण सोध्ने, निलम्बन गरिएको र पार्टीको साधरण सदस्य नरहने गरि कारबाही गरिएको एमाले जिल्ला कमिटी सचिव पदम ढकालले बताए । बारबर्दिया र गुलरियाका एमालेका नेता र कार्यकर्ता कारबाहीमा परेका छन् ।

बढैयाताल गाउँपालिकाको हकमा कारबाही प्रक्रिया चाँडै अघि बढाइने सचिव ढकालले जनाए । बुधबार पार्टी कार्यालय नखुले पनि बिहीबारबाट नियमित खुल्ने एमालेले जनाएको छ । तर निलम्बित नगर ईन्चार्ज धनेशकुमार यादवले कारबाहीबारे छलफलका लागि पार्टी कार्यालय पुग्दा अध्यक्षदेखि कार्यसमितिका सदस्य नआएको र पार्टी कार्यालयमा ताला लगाएको बताए । उनले छलफलको वातावरण नभएसम्म तालाबन्दी जारी राख्ने जनाए । गुलरिया, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा स्थानीय निर्वाचनमा पराजित भएको थियो । पार्टीका जिल्लास्तरीय नेताले अन्तर्घात भएको कारण चुनावमा पराजय भएको आरोप लगाएर कारबाही गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]