२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०५, २०७९

सिन्धुली — मुचुल्कामा लेखिएको भन्दा २ वटा मतपत्र बढी भेटिएपछि सिन्धुलीको कमलामाई नगरपालिकामा मतगणना रोकिएको छ । वडा नम्बर १३ को मत पेटिकामा खसेको मत भन्दा बढी भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले बताए । मुचुल्का गरेपछि मतपेटिकामा भएको मत नै सदर हुने भएकाले अनावश्यक विवाद गरेर मतगणना रोक्नुको कुनै तुक नरहने उनको भनाइ छ ।

‘मुचुल्का गर्दा कहिलेकाहीं अंक लेख्दा थपघट हुनसक्छ,’ उनले भने ‘बाकसमा छाप लगाई शिलबन्दी गरेपछि खोल्दा भएको मत संख्या नै कानून अनुसार आधिकारिक हुन्छ ।’ कमलामाईको १४ वडा मध्ये ११ वटाको परिणाम घोषणा भइसकेको छ । वडा नम्बर १,४,५,६,९ मा कांग्रेस तथा ३,७,८,११ एमाले र २ र १० मा माओवादी केन्द्रले अध्यक्ष जितेको छ ।

कमलामाईमा हालसम्मको गणनामा गठबन्धनबाट मेयरमा कांग्रेसका उपेन्द्र पोखरेलले अग्रता कायम राखेका छन् । उनले १२ हजार ५३९ मत प्राप्त गरेका छन् भने एमालेका महेन्द्रदेव श्रेष्ठले १० हजार ८०८ पाएर पछ्याइरहेका छन् । उपमेयरमा एमालेकी मञ्जु देवकोटाले १० हजार ८७२ मत पाउँदा गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको १० हजार २६९ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]