२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २३, २०७९

काठमाडौं -स्थानिय तहको निर्वाचन हुन अव ९ दिन बाँकी रहेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक सवारी साधन नचल्ने भएका छन् । यसदिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाईने भएको हो ।

निर्वाचन आयोगका अनुसार बैशाख ३० गते आन्तरिक उडान समेत बन्द हुने भएको छ । यस दिन अन्तर्राष्ट्रिय उडान भने सञ्चालन हुनेछन् । जसको सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । यस दिन यात्रा गर्ने यात्रुले हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा यात्रा गर्न पाइनेछ ।

आयोगका अनुसार एम्बुलेन्स, पानीको ट्याङकर, दमकल, दुरसञ्चार सेवा, शवबहान, अस्पताल सेवा, विजुली सेवाका लागि अनुमति लिनु पर्ने छैन । पर्यटकले नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले पास लिएर यात्रा गर्न पाउने भएका छन् ।

त्यस्तै, आफै हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म आवतजावत गर्न मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न सकिने छ । त्यस्ता सवारी साधनमा अशक्त व्यक्ति र सहयोगका लागि उनको साथमा एकाघरको एक जना व्यक्ति मात्र रहन सक्ने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]