०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

बर्दियाको भुरिगाउँ बजारमा ट्रकले ठक्कर दिँदा ई–रिक्सामा सवार एक महिलाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको भुरीबजारमा रा १ क १८३ नम्बरको ट्रकले भे १ स ९५६२ नम्बरको ई–रिक्सालाई ठक्कर दिँदा बर्दिया ठाकुरबाबा नगरपालिका २ रानीपुरकी ४९ वर्षीया पिउली धितालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी धिताललाई उद्धार गरि स्थानीय अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मृतक महिलाको शव पोस्टमार्टमाका लागि सदरमुकाम गुलरियाको जिल्ला अस्पताल लगिएको छ।

ठक्कर दिने ट्रक चालक दाङको तुलसीपुर उप–महानगरपालिका ४ का वसन्त नेपाली र ई–रिक्सा चालक ठाकुरबाबा नगरपालिका ८ का दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]