२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २०, २०७९

काठमाडौं, २० वैशाख — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुद्धपूर्णिमाको दिन लुम्बिनी आउने भएका छन् ।

भारतीय पत्रिका द हिन्दूका अनुसार मोदी मायादेवी मन्दिरमा दीप प्रज्ववलनमा सहभागी हुनेछन् । मन्दिरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सरिक भई संयुक्त दीप प्रज्ववलन गर्नेछन् ।

मोदीको भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले तयारी गरिरहेको जनाइएको छ । उनी सिधै भारतको कुशिनगरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने र त्यहाँबाट हेलिकोप्टर हुँदै नेपाल आउने द हिन्दूले विश्वस्त स्रोतको भनाई उदृत गर्दै लेखेको छ ।

मोदी सन् २०१९ मा दोस्रो पटक भारतका प्रधानमन्त्री भएपछि पहिलोपटक नेपाल आउँदैछन् । उनी पहिलो प्रधानमन्त्री कार्यकालमा चारपटक नेपाल भ्रमणमा आएका थिए ।

नेपालका लागि भारतका राजदूत रहँदै भारतको विदेश सचिव नियुक्त भएका विनयमोहन क्वात्राले विदेश मन्त्रालयको सचिवालय सम्हालेको एक महिनाभित्रै मोदी नेपाल आउन लाग्नुलाई अर्थपूर्ण मानिएको छ । क्वात्राले भारतको नेपालसँगको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]