२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १९, २०७९

आसन्न स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा सरकारी कर्मचारीदेखि बहालवाला मन्त्रीसम्म सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गराउने दाबी गरिरहेको भए पनि मकवानपुरमा आचारसंहिता उल्लङ्घनका घटना बढिरहेका छन् ।

आइतबार बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक्तान हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा तीन दलीय गठबन्धनको वडा कमिटीको आयोजनामा भएको चुनावी सभामा पुगिन् । उनी सभामा सहभागी मात्रै भइनन्, गठबन्धनको उम्मेदवारलाई विजयी गराउन अपिल गर्दै मुलुकबाट प्रतिगमनकारीहरूलाई परास्त पार्नुपर्ने भन्दै भाषण गरिन् ।

त्यसो त मन्त्री मोक्तान दैनिक रूपमा चुनावी प्रचारप्रसारमा सहभागी हुँदै आएकी छिन् । निर्वाचन आचारसंहिता विपरीत मुक्तान स्थानीय तहको गठबन्धनमा चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेकी हुन् । मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय भएकी हुन् ।

निर्वाचन आचारसंहिता अनुसार सांसदले कुनै पनि उम्मेदवारको चुनावी प्रचार गर्न, प्रचारप्रसार कार्यालयको उद्घाटन गर्न मिल्दैन । केही दिन अघि मन्त्री मोक्तान आचारसंहिताको बेवास्ता गर्दै पश्चिम मकवानपुरको मनहरिका विभिन्न वडामा उम्मेदवारहरूसँगै प्रचारमा हिँडेकी थिइन् ।

मनहरि गाउँपालिका वडा नम्बर–३ मा पुगी उम्मेदवारहरुको प्रचार कार्यक्रममा सहभागी मात्र भइनन् । मोक्तान माओवादी केन्द्र र गठबन्धन निकट उम्मेदवारहरूको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटनमा समेत व्यस्त छिन् ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बहालवाला मन्त्री सरकार भएकाले चुनावी सभा सम्मेलनमा सहभागी तथा सम्बोधन गर्न नहुने बताए । त्यसो भएको खण्डमा नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए ।

केहीदिन अघि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत पनि एमालेको चुनावी प्रचारप्रसारमा सहभागी भएका थिए भने दैनिक जसो निजामती सेवामा रहेका कर्मचारीहरू विभिन्न दलको चुनावी अभियानमा जुटिरहेका छन् । यस विषयमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आचारसंहिता उल्लङ्घनको घटना भएको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]