२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९
Sorry No Photo is selected hare

१८, वैशाख, राजविराज :-सप्तरीको बलान बिहुल गाउँपालिकाका लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ ।

गाउँपालिकामा अध्यक्षका कांग्रेस उम्मेदवार ई. नविन झा र उपाध्यक्ष उम्मेदवार आशादेवी मण्डलले घोषणपत्र सार्वजनिक गर्दै यसलाई कार्यान्वयन गर्न नसके तीन वर्षमा राजीनामा दिने बताए ।

झाले तीन वर्षमा घोषणापत्रमा उल्लेख गरिएका सबै बुँदा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

गुणस्तरीय शिक्षाका लागि शिक्षकको व्यवस्था, कुल बजेटको २० प्रतिशत थप रकम पालिकाबाट शिक्षामा लगानी गर्ने, जनतालाई सहज स्वास्थ्य सुविधा दिन उच्चरक्तचाप, मधुमेह, थाइराइडलगायतका रोगको औषधि पालिकाबाट निशुल्क वितरण गर्ने घोषणा पत्रमा उल्लेख छ ।

प्रत्येक घरधुरीको स्वास्थ्य बीमा गरी तीन⁄तीन महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउने झाले बताए । आधुनिक खेतीका लागि खेतमा विद्युत सहितको सिंचाइ पुर्‍याउने र भूमिहिनका लागि नमूना बस्ती बनाउने उद्घोष पनि उनले गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]