२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

१८ बैशाख २०७९, आईतवार
सप्तरी । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, दाबी विरोध, फिर्ता र अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् ।

सप्तरीमा पाँच हजार ६१९ जनाको मनोनयन दर्ता भएकोमा २२ जनाको उम्मेदवारी रद्द र ७३ जनाले मनोनयन फिर्ता लिएपछि अहिले पाँच हजार ५२४ जना चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

उम्मेदवारले आफ्नो प्रतिबद्धतापत्र, निर्वाचन चिन्ह अङ्कित प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका छन् । जिल्लाको सबैभन्दा धेरै ३९ हजार ६९२ मतदाता रहेको राजविराज नगरपालिकासहित अन्य पालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।

बिहान ८ बजेदेखिनै कार्यकर्ता लिएर उम्मेदवार घरदैलोमा पुग्ने गरेको राजविराज–५ का गोविन्दलाल श्रेष्ठले बताए । घरदैलोसहित उम्मेदवारले टोल भेला गरेर कोणसभा गरिरहेका छन् ।

राजविराज नगरपालिकामा कांग्रेसका तर्फबाट प्रमुखमा इर्शाद अन्सारी र उपप्रमुखमा सुशीला यादवले उम्मेदवारी दिनुभएको छ । त्यस्तै नेकपा ९एमाले० बाट प्रमुखमा अनिल झा र उपप्रमुखमा सुशीला देवले उम्मेदवारी दिए ।

माओवादी केन्द्रबाट गत निर्वाचनमा राजपाबाट नगर प्रमुखमा निर्वाचित हुएका शम्भुप्रसाद यादवले प्रमुखमा र प्रमिला साहले उपप्रमुखमा उम्मेदवारी दिए ।

यसैगरी जसपाबाट प्रमुखमा भीमराज यादव र उपप्रमुखमा इसरन परविन तथा लोसपाबाट प्रमुखमा दीपेन्द्र चौधरी र उपप्रमुखमा साधना झाले उम्मेदवारी दिएका छन् । झा गत स्थानीय तहको चुनावमा राजपाबाट उपप्रमुखमा निर्वाचित थिए ।

निर्वाचन समय नजिकिँदै जाँदा उम्मेदवार घर÷घरमा पुगी मत माग्न व्यस्त देखिएका छन् । राजविराज नगरलाई सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाउने योजनासहित राजविराज नगरपालिकामा १८ जना प्रमुख र ९ जना उपप्रमुख पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

नगरपालिकामा १६ वटा वडा छन् । ती सबै पदमा ६३९ जना चुनावी मैदानमा होमिएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताउनुभयो । दाबी विरोध र मनोनयन फिर्ता लिने कार्यपछि सप्तरीको ९ वटा नगरपालिकाको प्रमुखमा ९३ जना र उपप्रमुखमा ६९ जनाको उम्मेदवारी कायम रहेको छ ।

यसैगरी जिल्लाका ९ वटा गाउँपालिकाको अध्यक्षमा १०२ र उपाध्यक्षमा ८० जनाको उम्मेदवारी कायम भएको छ । वडाध्यक्षमा ११९८, सदस्यमा २००९, महिला सदस्यमा १००८ र दलित महिला सदस्यमा ९६५ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालय सप्तरीका जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए । उनका अनुसार सप्तरीमा नगर प्रमुखका दुई र गाउँपालिका अध्यक्षका पाँच उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

बोदे बर्साइन र शम्भुनाथ नगरपालिकामा १÷१ जना नगरप्रमुखको उम्मेदवारले मनोनयन फिर्ता लिनुभएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । छिन्नमस्ता, महादेवा, विष्णुपुर गाउँपालिकामा १÷१ जना र रुपनी गाउँपालिकामा २ जना अध्यक्षका उम्मेदवारले मनोनयन फिर्ता लिनुभएको छ । यसैगरी बलान बिहुल गाउँपालिकामा एक जना उपाध्यक्ष र एकजना वडाध्यक्षका उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

प्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारसहित सप्तरीमा २५ वडाध्यक्ष, २७ सदस्य, ११ महिला सदस्य र २ दलित महिला सदस्य गरी ७३ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

सबैभन्दा बढी हनुमाननगर कङ्कालिनी र कञ्चनरुप नगरपालिकाबाट उम्मेदवारी फिर्ता भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकामा ३ वडाध्यक्ष र १२ सदस्य तथा कञ्चनरुप नगरपालिकामा ४ वडाध्यक्ष, ५ सदस्य, ३ महिला सदस्य र १ दलित महिला सदस्यले मनोनयन फिर्ता लिएका छन् ।

त्यसैगरी महादेवा गाउँपालिकामा ४ वडाध्यक्ष, २ सदस्य र २ महिला सदस्यले मनोनयन फिर्ता लिनुभएको छ । छिन्नमस्ता गाउँपालिकामा २ वडाध्यक्ष, ४ सदस्य र १ महिला सदस्यले मनोनयन फिर्ता लिएका छन् ।

राजविराज नगरपालिकामा २ वडाध्यक्ष र २ सदस्य, शम्भुनाथ नगरपालिकामा १ वडाध्यक्ष, १ सदस्य र १ दलित महिला सदस्य तथा विष्णुपुर गाउँपालिकामा २ वडाध्यक्ष र १ सदस्यले मनोनयन फिर्ता लिएका छन् ।

डाक्नेश्वरी नगरपालिकामा १ वडाध्यक्ष र दुई महिला सदस्य, बोदे बर्साइन नगरपालिकामा २ वडाध्यक्ष तथा रुपनी गाउँपालिकामा १ वडाध्यक्षका उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । अग्निसाइर कृष्णसवरन र राजगढ गाउँपालिकाका १÷१ वडाध्यक्ष, खडक नगरपालिका र तिरहुत गाउँपालिकामा १÷१ महिला सदस्य तथा सप्तकोसी नगरपालिकामा १ महिला सदस्यका उम्मेदवारले मात्र मनोनयन फिर्ता लिएका छन् ।

सुरुङ्गा र तिलाठी कोइलाडी गाउँपालिकामा भने कसैको उम्मेदवारी फिर्ता भएको छैन् । मनोनयन फिर्ता लिनेमा स्वतन्त्रबाट उम्मेदवारी दिनेहरू छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]