
रुपनी गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतणत्र वाट पहिलाे मनोनयन दर्ता गर्दै ।
सप्तरीको रुपनी गाउँपालिकामा स्वतणत्र बाट उपाध्यक्षमा बिबेकानन्द यादब (निखिल)ले उम्मेदवारी दिएका छन् । रुपनी गाउँपालिका १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उनीले पहसलाे मनोनयन दर्ता गराएका हुन् ।
यसैगरी गाउँपालिकामा जनता समाजवादी पार्टि का अध्यक्षमा हरेराम यादब उपाध्यक्ष मा बेचनी देबि सरदार , वडा अध्यक्षमा वडा नम्बर १ बाट लाल बहादुर मेहता, वडा नम्बर २ बाट दानालाल साह, वडा नम्बर ३ बाट सरयुग साह, वडा नम्बर ४ बाट तेज नारायण यादव, वडा नम्बर ५ बाट गंगाराम यादव र वडा नम्बर ६ बाट बद्री नारायण सरदारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय रुपनीले जनाएको छ ।
यसैगरी जनमत पार्टीले समेत अध्यक्ष– उपाध्यक्ष सहित वडा अध्यक्षमा आइतबार उम्मेदवारी दिएका छन् । अध्यक्षमा भिखो प्रसाद माझी र उपाध्यक्षमा प्रमिला राजबंशी यादवले मनोनयन दर्ता गराएका छन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालय रुपनीमा आईतवार ६ बजे मनोनयन दर्ता गराए । जनमत पार्टीबाट वडा नम्बर १ बाट राम अबतार यादव, २ बाट कामेश्वर ईसर, ३ बाट राम नारायण मण्डल, ४ बाट संतोष ईसर र ६ बाट देव नारायण साहले वडा अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।