२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १०, २०७९

डडेल्धुरा- आगामी स्थानीय तह निर्वाचनमा चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले राजीनामा दिएका छन्।

जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐर र असिग्राम मावि रुवाखोला गन्यापधुरा गाउँपालिका–१ का चन्द्रबहादुर देउवाले राजीनामा दिएका हुन्।

ऐर र देउवाले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा राजीनामा पत्रमा बुझाएका हुन्। इकाई प्रमुख नारदप्रसाद जोशीका अनुसार २०४१ मा स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ। उनको राजीनामा आइतबारदेखि लागू हुने प्रमुख जोशीले बताए।

देउवा २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए। देउवाको राजीनामा बिहीबारदेखि नै स्वीकृत भई लागू भएको इकाई प्रमुख जोशीले जानकारी दिए। देउवा नेपाली कांग्रेसबाट गन्यापधुरा–१ को वडाध्यक्ष तथा ऐर नेकपा एकिकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुवना लड्ने तयारीमा रहेको बताइएको छ।

गन्यापधुरा–१ रुवाखोला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहवडा हो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]