१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

रौतहट – काठ तस्करले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरअन्तर्गतको जंगलसैया सेक्टर वनका फरेस्टर शम्भु महतो र सशस्क्र वन रक्षक रत्नबहादुर बुढाथोकीमाथि आक्रमण गरेका छन् ।

केही दिनअघि राति गस्तीमा निस्केका उनीहरूले जंगलबाट सिमरी गाउँतर्फ आउँदै गरेको मोटरसाइकल देखेपछि रोक्ने प्रयास गरे । काठ लोडसहितको मोटरसाइकल छाडेर तस्कर भागे । गस्तीमा दुई जना मात्र थिए । एकैछिनमा गाउँबाट समूह बनाएर आएका तस्करले वन कर्मचारीमाथि आक्रमण गरे ।

वनरक्षकले दुई राउन्ड हवाई फायर गरेका थिए । तस्करको आक्रमणबाट महतो घाइते भएका छन् । ‘बल्लतल्ल ज्यान जोगियो । उनीहरू मार्ने उद्देश्यले आएका थिए,’ घाइते महतो भन्छन्, ‘हामी दुई जना मात्र भएकाले प्रतिकार गर्न सकेनौं । धारिलो हतियारले आक्रमण गरेर काठ लगे ।’

डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले तस्करको खोजी भइरहेको बताए । ‘अहिले निर्वाचनको बेला तस्कर हाबी हुन खोजेका छन् । अब गस्ती बढाउँछौ,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]