२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८

विराटनगरबाट तीन लाखभन्दा बढी अवैध भारतीय रुपैयाँ (भारु)सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना नेपाली नागरिक छन् । सुनसरी बर्जुकी एक जना महिला पनि पक्राउ परेकी छन् ।

स्रोत नखुलेको भारती नोटसहित भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय विष्णुदेव मुखिया तथा सुनसरीको बर्जु गाउँपालिका–१ का ३८ वर्षीय सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले चारै जनालाई विराटनगर महानगरपालिका–१५ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट स्रोत नखुलेको भारतीय तीन लाख आठ हजार पाँच सय रुपैयाँ बरामद भएको श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाएको छ । पक्राउ परेकाहरूको साथबाट बरामद भएको रकमको कुनै पनि स्रोत नखुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]