२० माघ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

सप्तरी – आज सप्तरीको राजबिराजमा डा बिजय यादवको हत्याराको बिरुद्ध बिरोध र्याली निकालिएको हो ।

मृतक डा. यादवका आफन्त, मेडिकल बिद्यार्थी ,मेडिकल शिक्षक तथा जिल्लाबासीले सोमबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । स्थानीय बाल मन्दिरको प्रांगणबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भाग परिक्रमा गरेको छ ।

प्रदर्शनका क्रममा ‘हत्यारालाई सार्वजनिक गर, हत्यारालाई कार्वाही गर, जनताको जीवन रक्षा गर्ने डाक्टर डाक्टर लाई सुरक्षा दिने को? , हत्यारलाई राजनीतिक संरक्षण गर्न पाइदैन, केश मोड्न पाइदैन दोसी छोड्न पाइदैन, लगाएका थिए ।

मृतकका आफन्तले सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत मोरङका प्रमुख जिल्ला अधिकारीलाई हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र दिएता पनि यता भन्ने घटना को अझै निचोड निस्किन न सकेको भन्दै आज राजबिराजमा बिरोध र्याली निकालेका थिए ।

सप्तरीको विष्णुपुर गाउँपालका– १ खुरुहुरिया घर भई विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विजय १८ चैतको राति आफ्नै डेराबाहिर मृत अवस्थामा फेला परेका थिए ।

हाडजोर्नीका चिकित्सक यादवको अस्पतालभित्रकै केही चिकित्सकसँग चरम विवाद रहेको बुझिएको भन्दै ज्ञापन पत्रमा सोही कारण नियोजित हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]