
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मंगलबार बेलुकी साढे ७ बजे चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले गुन्साटोल बस्ने एक पुरूषले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
मेखबहादुर तामाङले आफ्नै ४६ वर्षीय श्रीमती सुकुमाया तामाङमाथि दाउरा र ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको उनले बताए।
गम्भीर घाइते भएकी उनलाई उपचारको लागि चौतारा अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको हो। प्रहरीले राति नै तामाङलाई नियन्त्रणमा लिएको बस्नेतले बताए।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिन हिरासतमा राख्न अनुमति प्रहरीले पाएको छ।