२४ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

काठमाडौँ – निजी मेडिकलले असुलेको अवैध शुल्क विवाद सुल्झाउन असफल काठमाडौं विश्वविद्यालय (केयू) ले बीएस्सी नर्सिङका विद्यार्थीसँग अतिरिक्त शुल्क उठाउन थालेको छ । केयुको स्कुल अफ मेडिकल साइन्सेजले बीएस्सी नर्सिङमा भर्ना भएका विद्यार्थीसँग रजिस्ट्रेसन, परीक्षा र फिल्ड भिजिट शीर्षकमा ९५ हजार रुपैयाँका दरले बढी शुल्क मागेको हो ।

एक अभिभावकका अनुसार केयूमा विश्वविद्यालय रजिस्ट्रेसनका लागि २५ हजार, परीक्षा शुल्क २४ हजार र फिल्ड भिजिट शुल्क ४६ हजार रुपैयाँ मागिएको छ । यी शीर्षकमा शुल्क लिन नपाइने चिकित्सा शिक्षा आयोगले जनाएको छ । तीनवर्षे बीएस्सी नर्सिङमा छात्रवृत्तिका सहित २६ विद्यार्थी गत मंसिरमा केयूमा भर्ना भएका छन् । छात्रवृत्तिमा पढ्ने विद्यार्थीसँग पनि अतिरिक्त शुल्क मागिएको ती अभिभावकले बताए ।

बीएस्सी नर्सिङका लागि १० लाख रुपैयाँ शिक्षण शुल्क तोकिएको छ । उक्त रकम विद्यार्थीले ३ वर्षसम्म किस्ताबन्दी प्रणालीबाट भुक्तानी गर्न सक्ने व्यवस्था छ । मेडिकल साइन्सेजले १० लाख रुपैयाँबाहेक पनि ९५ हजार रुपैयाँ थप रकम बुझाउन खबर गरेको एक विद्यार्थीले जनाए । साइन्सेजका डिन राजेन्द्र कोजुले आयोगले तोकेभन्दा बढी शुल्क नलिने जनाउँदै अतिरिक्त रकम मागेको विषयमा अनभिज्ञता बताए ।

१० विद्यार्थीद्वारा स्थानान्तरण माग
विराटनगरस्थित नोबेल मेडिकल कलेजका एमबीबीएसका १० छात्रछात्राले कलेज स्थानान्तरणको माग गरेका छन् । अतिरिक्त शुल्कविरुद्ध आन्दोलनको अगुवाइ गरेका उनीहरूले शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयसँग नोबेलमा अध्ययन गर्न नसक्ने बताएका हुन् । ‘बढी शुल्कको विरोध गरेका कारण शैक्षिक र सुरक्षाको वातावरण भएन,’ एक छात्राले भनिन् ।

नोबेलका प्रिन्सिपल रामहरि घिमिरेले आन्दोलनका क्रममा तोडफोडमा संलग्न विद्यार्थी लाजले नआएको बताए । ‘कलेजले सबै विद्यार्थीलाई शैक्षिक र सुरक्षाको प्रबन्ध मिलाउँछ,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]