
सप्तरी – नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।
साँझ ५ बजे विवाद भएपछि मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र नै च्याताच्यात भएपछि मतदान रोकिएको हो ।रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो ।
कुल २ हजार ५३५ मतदाता रहेकोमा साँझ ५ बजेसम्म ७ सय जनाले मात्र मतदान गरेको बताइएको छ । मतदान प्रक्रिया अघि बढाउने सहमतिको प्रयास भइरहेको बताइएको छ ।