२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) एमसीसी सम्झौता आइतबार संसदबाट पास गरिएको विरोधमा सोमबार घोषणा गरिएको नेपाल बन्द प्रभावहीन देखिएको छ।

राजधानीका मुख्य राजमार्ग तथा सडकहरुमा बिहानैदेखि सवारीसाधनको चहलपहल बाक्लो देखिएको हो। बजार तथा पसल खुलेका छन्।
मुख्य सडक तथा चोकहरुमा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ। प्रहरीका अनुसार सडकमा गुड्ने सवारीसाधनको चाप क्रमशः बढिरहेको छ।

एमसीसी संसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन्। मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको अर्को नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीलगायतका साना कम्युनिष्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन्।

यसैबीच बन्द गराउन हिँडेका आधा दर्जन व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौांका विभिन्न विभिन्न ठाउँबाट ती बन्दकर्ताहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

परिसरका अनुसार बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन्। त्यस्तै चाबहिल र कलंकीमा ३ वटा बसमा तोडफोड गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]