२३ मंसिर २०८२, सोमबार
wait Please...

जय कामत

आइतबार, फाल्गुण १५, २०७८

विराटनगर – मोरङको लेटाङ नगरपालिका–८ मा बलात्कारपछि बालिकाको हत्या गर्ने अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो। उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए। यस मुद्दामा मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ बमोजिम जन्मकैद हुने व्यवस्था छ।

प्रहरीका अनुसार गिरीले बलात्कारपछि जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षीया करुणा राईको हत्या गरेका हुन्। हत्यापछि लालहीरा सामुदायिक वनको खोँचमा फ्यालेर माथिबाट ढुंगाले छोपको अवस्थामा करुणाको शव गत शुक्रबार फेला परेको थियो। बालिकाको घरबाट विद्यालयसम्म पुग्न झन्डै २ घण्टा पैदल यात्रा गर्नुपर्छ। बाटोमा घना जंगल छ। स्कुलबाट घर फर्किने क्रममा गत बुधबार जंगलको बाटोमा एक्लै देखेपछि गिरीले बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरेको र त्यसपछि हत्या गरेर शव खोँचमा फ्यालिदिएको एसपी जीसीले बताए।

उनका अनुसार विद्यालयको पोसाक लगाएर पढ्न गएकी बालिका घर नफर्किएपछि खोजी जारी राखिएको थियो। बेपत्ता बनेकी बालिकाको खोजी गर्ने क्रममा प्रहरीले आगोमा जलाएको अवस्थामा खरानीको थुप्रोमा विद्यालयको लोगो रहेको पेटी (बेल्ट)को बक्कल र कडी, जल्न बाँकी जुत्ताको सोल, ज्याकेटका बटमहरु, फरकको खिप, कालो रंगको स्क्रिन फुटेको मोबाइल र नजिकै लाइटर फेला पारेको थियो। मोबाइल बालिकाकै भएको पत्ता लाग्यो।

त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर रोमन अर्याल नेतृत्वको टोलीले गिरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो। विद्यालयबाट घर फर्किने क्रममा बाटोमा एक्लै देखेसँगै पछ्याउँदै गएका गिरीले बीच जंगलमा पुगेपछि बालिकालाई फकाएर अर्को बाटो लिएर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘घर फर्कदा जंगलको बाटोमा एक्लै परेर कोही साथी नभेटेकी बालिका अर्को बाटो छोटो पर्छ भनेर फकाएपछि गिरीको पछि लागिछन्। केही पर पुगेपछि शारीरिक सम्पर्कको प्रस्ताव गरिएछ,’ एसपी जीसीले भने, ‘बालिकाले अस्वीकार गरेपछि जबरजस्ती नियन्त्रणमा लिएर भुइँमा लडाई बलात्कार गरेको पाइयो। त्यसपछि बुवालाई भनिदिन्छु भनेर बालिका दौडिएकाले नियन्त्रणमा लिँदै घाँटी थिचेर र मुख थुनेर हत्या गरी शव फ्यालिदिएको खुलेको छ।’

उनका अनुसार खोँचमा घोप्टो परेको अवस्थामा फेला परेको शव माथिबाट ढुंगाले छोपिएको अवस्थामा फेला परेको थियो। हत्या गरेपछि गिरीले बालिकाले लगाएका कपडा र जुत्ता ल्याएर आफ्नै घरनजिक खोल्सीमा जलाएको पाइएको जीसीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]