
सप्तरी – राजगढ गाउँपालिकामा कमिसनले उपभोक्ता हैरान बनेकाे छ ।गाउँपालिकावाट आउने बिकासिय बजेटमा कमिसन बिना कामै नहुने गरेको अवस्था छ ।
गाउँपालिकाकाे बजेटमा कुन सिस्कमा बजेट छुटयाउदा कमिसन बढि आउने हाे ,त्यो मात्र बजेट वडा वा गाउँपालिकावाट छनाेट हुनेगरेकाे हाे ।एक आर्थिक वर्षमा एउटा वडामा कमतिमा २कराेडदेखि साढे तीन कराेडकाे बजेट प्रवाह हुनेगरेकामा बटेज अनुसार काम नहुनुकाे मुखय जड हाे कमिसन गाउँपालिका अध्यक्षकै गाउँ नर्घाे पछवारि टाेलकाे मुल सडकदेखि राम टाेलसम्म ढलानकाे काम हेर्दा काफि छ । उक्त याेजनाकाे बजेट ५ लाख रहेकाेमा हालसम्म गराइभेल गरेर बजेट सिद्धयाउने दाउमा रहेकाे छ गाउँपालिका अध्यक्ष प्रमान्द यादव ।

अध्यक्ष कमिसन उठाउने ठेकेदार !
राजगढ गाउपालिकामा जम्मा छ वटा वडा रहेकाे छ । गाउँपालिकाकाे छ वडामध्ये सवै वडामा जाने बिकासिय बजेटमा उपभोक्त समिति गठनदेखि कामकाजकाे रेखदेख गरिने अधिकार वडा अध्यक्षकै हुनछ । उपभोक्ता समितिले गर्ने काम जस्तो सुकै भएपनि साे बजेटवाट १० देखि १५ प्रतिसतसम्म कमिसनमा उपभोक्तवाट कमिसन उपभोक्तवाट लिने गरेकाे छ । उपभोक्त समितिले जस्तो सुकै राम्रो काम गरेपनि कमिसन चेक लिनुभन्दा पहिला वडा अध्यक्षलाई कमिसन बापतकाे रकम बुझाउनुपर्छ । नाम नछापने सर्तमा एक वडा अध्यक्षले भने हामी त कमिसन उठाउने भरिया बनाइदिएको छ ।
गाउँपालसकामा हुने बाेड बैठकमा कमिसन हामिले नउठाउने अडान लिएपनि हामीलाई बजेटदेखि पालिकाकाे कामवाट बञ्चित गर्ने गरेकाले बाधयभएर कमिसन उठाउने झाेले ठेकेदार बनाएकाे छ गाउँपालिका अध्यक्ष प्रमान्द यादव ।यता गाउँपलिका अध्यक्ष यादवले उपभोक्त समितिवाट १० प्रतिसत जन्सर्श्रमदान रकम याेजना समझैता अुनुभन्दा पहिला बुझाउनुपर्ने प्रवधान रहेकाले उपभोक्तले वडा अध्यक्षवाट कमिसन लिनेगरेकाे आराेप लगाउने गरेको हाे । यद्यपि उपभोक्त समितिले जनसश्रर्मदान बापतकाे रकम दिएपनि कामसम्पन्न भएपछि १० देखि २५ प्रतिसतसम्म कमिसन लिनेगरेकाे आराेप लगाए ।