
काठमाडौँ – विभिन्न वामपन्थी दलले आह्वान गरेको बन्दको क्रममा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट कम्तीमा २६ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार बुधबार बिहानदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको र विभिन्न स्थानबाट शंकास्पद दुई महिलासहित २६ जना पक्राउ परेका छन्।

यसैबीच प्रहरीले काठमाडौँको बागबजारबाट बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्तालाई पक्राउ गरेको छ।
बुधबारको संसद बैठकमा एमसिसी पेश गर्ने तयारी भएको भन्दै त्यसको विरोधमा रहेका दलहरुले बन्द आह्वान गरेका हुन्। बन्दको आंशिक प्रभाव परेको छ।